विश्वको महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि बाराक ओबामा आफ्ना कार्यकर्ता र समर्थक समक्ष रोएका छन् ।
चुनाव जितेपछि आफ्ना समर्थकलाई धन्यवाद दिन डेमोक्रेटिक पार्टीको मुख्यालय शिकागोमा आयोजित कार्यक्रममा ओबामा रोएका हुन् । ओबामा कार्यकर्तामाझ रोएको भिडियो उनको प्रचार दलले यूट्यूबमा राखेका छन् ।
भिडियोमा ओबामाको आँखामा आँसु छ र उहाँले आफूलाई दोस्रो कार्यकालका लागि निर्वाचित गराउन कडा मेहनत गरेका समर्तकप्रति आभार व्यक्त गर्नु भएको छ । ओबामा सर्मथकमाझ रोएपछि एक शीर्ष सल्लाहकारले भनेका छन्-’बाराब शान्त होऊ ।’ तर, पनि ओबामालाई सम्हालिन केही समय लाग्यो ।
उहाँले भन्नु भएको छ-’मलाई तपाईहरुप्रति गर्व छ ।’ दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ओबामाले अमेरिकीको सर्वश्रेष्ठ दिन आउन बाँकी रहेको बताउनु भएको छ ।
भिडियो हेर्नुस्
एक महिलाले कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति पाएकी छिन् । यो सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ, तर यो सत्य हो । ब्राजिलको अदालतले एक महिलालाई कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति दिएको हो ।
शरीरमा भएको असन्तुलनका कारण अति कामुकताको शिकार भएकी एनालाई अदालतले यस्तो अनुमति दिएको हो । पेशाले उनी एकाउन्टेट हुन् । अति कामुकताका कारण उनलाई काम गर्न निकै गाह्रो हुन्थ्यो । कार्यालयमा नै हस्तमैथुन गर्नु पर्ने भएपछि उनी कार्यरत कम्पनीले उनलाई चेतावनी पत्र थमाएको थियो । त्यसपछि एना अदालतको ढोका पुगिन् र अदालतले उृनकै पक्षमा फैसला गरेको छ । उनका अनुसार दिनमा करिव ४७ पटकसम्म हैतमैथुन गर्ने गरेकी छिन् । उपचारकै क्रममा रहेकी उनले हाल भनै डा. कोर्लास हावर्डले दिएको औषधी सेवन गर्ने गरेकी छिन् र दिनमा १७/१८ पटक हैतमैथुन गर्ने गरेकी छिन् ।
एजेन्सी, कार्तिक २४ । अमेरिकी राष्ट्रपतिको चुनावमा भर्खरै पुनः जित हासिल गरेका राष्ट्रपति बाराक ओबामाले आफ्नी छोरीहरुलाई ब्वाईफ्रेन्ड बनाउने इजाजत दिएका छन् । चुनावमा विजयी भएर खुशि भएका ओबामाले तय गरेका छन् कि उनकी १४ वर्षीया छोरी मालिया र ११ वर्षीया छोरी साशाका केटा साथीलाई ह्वाईट हाउसमा बस्न एक विशेष स्थान बनाइनेछ ।
ओबामाको चाहना छ कि उनकी छोरीहरु अन्य व्यक्तिहरु जस्तै सामान्य रुपले हुर्किउन् । ओबामा आफ्ना छोरीहरुलाई ती सम्पूर्ण चीजहरुबाट आनन्द दिन चाहन्छन् जुन हरेक किशोरावस्थामा व्यक्तिहरुले खोज्ने गर्छन् ।
बाराक ओबामा अब अर्को ४ वर्षपछि जब राष्ट्रपतिको पदबाट बाहिर हुन्छन् तब उनकी ठूली छोरी १८ र सानी छोरी १४ वर्षको हुने स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार ओबामाका छोरीहरुका फेसबुक अकाउन्ट भने नहुने भएको छ ।
ओबामाकी पत्नी मिशेल ओबामाले पछिल्लो महिना भनेकी थिइन् कि उनले सोसियल मिडिया र इन्टरनेटको घातक प्रभावको बारेमा छोरीहरुसँग छलफल गरेकी थिइन् । ओबामा परिवारले अहिलेसम्म यि दूई छोरीहरुलाई पब्लिसिटीबाट टाढा राख्दै आएका छन् । सर्वसाधारणलाई यि दुई छोरीहरुको बारेमा त्यतिमात्रै जानकारी छ, जति कुराहरु ओबामा परिवारले बाहिर ल्याएको छ ।
हालै राष्ट्रपति पदका आफ्ना प्रतिद्धन्द्धी मिट रोम्नीलाई पराजितगरी मञ्चमा उभ्भिदा ओबामाका २ छोरीहरु पनि सँगै थिए । जसलाई निकै मुस्किलका साथमा मात्रै स्रोतको कथन छ ।
कार्तिक २३ । फेसबुकमा आफुलाई निकै राम्रो र जवान रहेको बताउदै एक युवतिलाई ठग्ने बामपुड्केलाई प्रहरीले भारतको आन्द्रप्रदेशबाट पक्राउ गरेको छ । फेसबुकमा राजापति नाम बाट नक्कली फोटो राखेर केटिलाई फेसबुकमा शाथि बनायो र शाथिको नातालाई मायाँमा बदल्दै राजापतिले केटिसंग विवाहको प्रस्ताव समेत राख्यो । र केटि उसको मायाजालमा पुर्ण रुपमा फसाईसकेकि थिई ।
त्यसपछि बामपुड्केले आफु विमारी भएको बाहाना गदै आफुले नै म राजापतिको शाथि हु उ अहिले अष्पतालमा भर्ना छ भन्ने झुटो कुरा राख्दै पैसा असुल्न सुरु गर्यो । केटिको विवाहका लागी उसको बुवाले धेरै पैसा जम्मा गरेको थाहा पाए पछि उसले केटि संग तीन लाख रुपैया र ५० तोला सुन ठगि गरेको प्रहरीले जनाएको छ ।
Note:
कृपया यो नयाँखबरमा छपिएको उक्त समाचारमा प्रयोग गरिएको बामपुड्के शब्द भने अली उचित नलागेको कुरा ब्यक्त गर्न चाहन्छौ ।
नयाँदिल्ली । सामान्य तया एक परिवारले प्रयोग गर्ने पानीको विल कति होला ? धेरैको सहज उत्तर हुनसक्छ बढीमा केही सय रुपैयाँ ।
तर, दिल्ली जल बोर्डले हरिनगरस्थित सीबी ११६ ए नम्बरको फ्लाटमा बस्ने एक परिवारमा पानीको बिल २ करोड ३९ हजार ६० रुपैयाँ भारु अर्थात ३ करोड ८२ हजार नेपाली रुपैयाँको विल थमाएको छ । विजुलीको बिल हेरेपछि सतवीर र उनकी श्रीमती परमजीत सिंहको होस उडेको छ ।
सतवीर र उनकी श्रीमती बुटीकमा काम गर्छन् । उनीहरुको भनाई छ-’यस फ्लाटमा हामी आवश्यकता अनुसार नै पानी प्रयोग गछौं । आएको बिलको पैसा तिर्दै आएका थियौं ।
तर, १० महिनामा विल आएन , अहिले एक्कै चोटी यती ठूलो रकमको विल आयो । कहाँबाट तिर्ने ?’ बोर्डले उनीहरुलाई तत्काल बिलमा रहेको रकम तिर्न भनेको छ ।
काठमाडौ, कात्तिक २३ । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउने चलखेल गरे नार्गाजुन दरवारमा बस्न समेत नदिने चेतावनी दिनु भएको छ ।
कात्र्तिक २३ । ग्वाटेमालाको प्रशान्त महासागरको तटीय क्षेत्रमा ७ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण ४८ जनाको ज्यान गएको र अन्य दर्जनौं घाईते भएको ग्वाटेमाला सरकारले जानकारी दिएको छ । ग्वाटेमाला सरकारले त्यहाका नागरीकलाई सुरक्षीत स्थानमा स्तानान्तरण गर्न पनि चेतावनी दिएको छ । भूकम्प संगै आएको पहिरोका कारण सडकहरु अवरुद्ध छन् । पहिरोमा पूरीएर अवरुद्ध रहेको सडक सुचारु हुन २४ घण्टा लाग्न सक्ने अधिकारीहरुले जानकारी दिएका छन् ।
४८ जनाको मृत्यु भएको भनिएपनि मर्नेको संख्या वढ्न सक्ने वताईएको छ । १ सय भन्दा वढी नागरीक भूकम्पमा पूरीएको हुन सक्ने अनुमान गरीएको बिबिसिले जनाएको छ । ग्वाटेमालाको स्यान मारकोस क्षेत्र भूकम्पवाट मुख्य प्रभावित क्षेत्र मानिएको छ । भूकम्पले त्यहाका विद्यालयहरुमा पनि क्षती पुर्याएपछि विद्यालयहरु पनि खुलेका छैनन् । भूकम्पवाट सामुन्द्रीक आधी पनि आउन सक्ने चेतावनी दिर्ईएको छ । ग्वाटेमालामा यसअघि पनि धेरैको हताहती हुने गरी भूकम्प गएको थियो ।
