६ नोभेम्बर काठमाडौं । साउदी अरबको इराक र जोर्डनको सीमा नजिक रम्फा भन्ने ठाउँमा गोठालोका रुपमा काम गर्ने एक नेपालीले बाख्रा हराएकामा २ बर्ष जेल सजाय भोग्नु परेको छ । आरोपित जितबहादुर दमाईले ७५ हजार रियाल पनि जरिवाना तिर्नुपर्ने सजाय सुनाईएको छ ।
सयौं बाख्राका एक्ला रेखवाला दमाई दुई बर्षदेखि साउदी जेलमा छन् । ‘म बाख्रा चराईरहेको थिए । साहुले पठाएको भन्दै एउटा अरबी बाख्रा लिन आयो’ दमाईको भनाई उदृत गर्दै साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले भने, ‘मैले साहुले केही नबताएको भन्दा पनि तिमी हाम्रो कामदार हो । बढो ठूलो बन्ने होइन भन्दै आधा बाख्रा लिएर गयो ।’ उसले जर्बजस्ती आधा बाख्रा लिएर गएपछि दमाईले तुरुन्दै साहुलाई जानकारी दिए । ‘साहु तुरुन्तै प्रहरीलाई लिएर भेडीगोठ आईपुग्यो,’ दमाईको भनाई थियो । ‘साहुले मेरो मिलेमत्तोमा बाख्रा बेचेको आरोप लगाएर प्रहरीको जिम्मा लगायो, केही समयपछि बाख्रा लाने खरबी पनि पक्राउ पर्यो ।’
चोरी मुद्दामा जेल परेका उनको जेल समय भुत्तान भएपनि अदालतले सुनाएको जरिवाना तिर्न नसक्दा उनी जेलमै रहेको छ ।

Disclaimer
It is notified that This Blog is merely an index to existing links on the internet. We do not upload or host any videos found on this website. If you think there are links violating your copyright please write us through Contact Us, and we shall remove them promptly.