
जुम्ला, कात्तिक २१ । पूर्व शान्ति तथा पुननिर्माण राज्यमन्त्री डिल्ली महतको निधन भएको छ । उच्च रक्तचापका कारण बिरामी परेका महतको मनमोहन मेमोरियल अस्पताल काठमान्डौमा उपचारका क्रममा मंगलबार निधन भएको हो । उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरिएपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि सोमबार हेलिकप्टरबाट काठमान्डौ ल्याईएको थियो । शरीरको दायाँ भागमा प्यारिलाइसिस भएका महतलाई आईतवार अचानक रक्तचाप बढेपछि अस्पताल भर्ना गरिएको उहाँका आफन्त हरिकृष्ण महतले जानकारी दिनुभयो । महत एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला शान्ति तथा पुननिर्माण राज्य मन्त्री बन्नुभएको थियो । उहाँ नेकपा एमाले केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो ।
Disclaimer
It is notified that This Blog is merely an index to existing links on the internet. We do not upload or host any videos found on this website. If you think there are links violating your copyright please write us through Contact Us, and we shall remove them promptly.